कालिमाटी गाउँपालिकाको परिचय

कालिमाटी गाउँपालिका नेपालको ६ न. प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ | भौगोलिक हिसाबले ८० डिग्री २० मिनेट देखि ८३ डिग्री २८ मिनेट पूर्बी देशाअन्तर र २७ डिग्री ३१  मिनेटदेखि 2७ डिग्री ३७ मिनेट ३० सेकण्ड उत्तरी अक्षाशमा अबस्थित रहेको छ | ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका  उत्तरमा बनगाण् कुपिण्ड नगरपालिका ,सारदा नगरपालिका र सुर्खेत जिल्ला पश्चिमतिर बर्दिया जिल्ला ,पूर्वमा त्रिबेणी गाउँपालिका र दाङ जिल्ला  दक्षिमा बाँके जिल्ला रहेको छ | यस गाउँपालिका को नामकरण यस भगकै प्रसिद्द कालिमाटी गंगमाला भगवतीको नामबाट रहन गएको हो |